Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सामुदायिक विद्यालयको कर्मचारीले गरे आन्दोलनको घोषणा, माग सम्बोधन नभए सम्पूर्ण विद्यालय बन्द गर्ने चेतावनी

सामुदायिक विद्यालयको कर्मचारीले गरे आन्दोलनको घोषणा, माग सम्बोधन नभए सम्पूर्ण विद्यालय बन्द गर्ने चेतावनी


  • 5.7K
    Shares

    सामुदायिक विद्यालयको कर्मचारीले गरे आन्दोलनको घोषणा, माग सम्बोधन नभए सम्पूर्ण विद्यालय बन्द गर्ने चेतावनी

    काठमाडौँ । सामुदायिक विद्यालय कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। 

    आन्दोलनका कार्यक्रम अनुसार जेठ २० देखि २६ गतेसम्म विद्यालयको ताला चाबी बुझाई सम्पूर्ण विद्यालय कर्मचारीहरू सम्बन्धित जिल्ला शिक्षा समन्वय इकाईमा धर्ना दिने रहेको छ। 

    त्यस्तै जेठ २७ देखि असार १ गतेसम्म काठमाडौँस्थित भद्रकालीमा रिले अनसन बस्ने, जेठ २ गतेदेखि माग सम्बोधन नहुँदासम्म सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने कार्यक्रम छ।

    सरकारले आगामी आर्थिक वर्षको लागि बजेट भाषणमा आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै विद्यालय कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका हुन्। 

    जेठ ५ गते सरकारले ल्याएको नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको सेवा सुविधाको सम्बन्धमा सम्बोधन गरिने बताएको थियो । तर, बजेटमा माग सम्बोधनको विषय समावेश नगरिएको उनीहरूको भनाई छ । 

    सरकारले माग सम्बोधन गरियो भनेर घोषणा नगर्दासम्म आन्दोलन फिर्ता नहुने र वार्ताका लागि नजाने विद्यालय कर्मचारीको अडान छ । 

     

    प्रकाशित मिति :जेठ १७ २०८० बुधवार - १५:४७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij