Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

ओली प्रति गगन थापाको कटाक्ष : ‘केपी ओली प्रधानमन्त्री हुन् कि टोले गुण्डा ?’

ओली प्रति गगन थापाको कटाक्ष : ‘केपी ओली प्रधानमन्त्री हुन् कि टोले गुण्डा ?’


  • 8.4K
    Shares

    ओली प्रति गगन थापाको कटाक्ष : ‘केपी ओली प्रधानमन्त्री हुन् कि टोले गुण्डा ?’
    images

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्रीसमेत रहेका गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टोले गुण्डाको संज्ञा दिएका छन् ।   नवलपरासी कांग्रेसले हुप्सेकोट गाउँपालिकामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता थापाले यस्तो टिप्पणी गरेका हुन् ।

    ‘प्रधानमन्त्रीले हिजो विराटनगरबाट अदालतलाई सडकबाट धम्क्याउने काम गर्नु भयो । केपी ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा ?

    थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भीडको भ्रममा नपर्न चेतावनी दिएका छन्। सत्ता उन्मादमा शक्तिको दुरुपयोग नगर्न सल्लाह दिँदै नेता थापाले अदालतले मान्छेको संख्या होइन, संविधानको धारा हेर्ने टिप्पणी गरेका हुन्।

    ‘न्यायमूर्तिले हेर्ने मान्छेको संख्या होइन, संविधानको धारा हो, अदालतले बिनाभय संविधानसम्मत निर्णय गरोस्,’ थापाले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्, प्रधानमन्त्री ओलीले सत्ता उन्मादमा शक्तिको दुरुपयोग गरेर देखाएको भीड नाप्ने जिम्मा जनताको हो। स्मरण रहोस्, सत्तामा हुँदा आफूलाई हेर्न आएका भीडको भ्रम कुनै बेला महाराजलाई पनि थियो त !’

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - २०:२५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij