Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

साफ च्याम्पियनका लागि प्रारम्भिक टोली घोषणा

साफ च्याम्पियनका लागि प्रारम्भिक टोली घोषणा


  • 2.1K
    Shares

    साफ च्याम्पियनका लागि प्रारम्भिक टोली घोषणा

    आगामी महिना भारतमा हुने साफ च्याम्पियनसिपका लागि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ। 

    राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले साफका लागि प्रारम्भिक टोली घोषणा गरेका हुन्। प्रशिक्षक एनेसेले साफका लागि लिगको बीचमा रणनीतिक प्रशिक्षण दिँदै आएका छन्। 

    घरेलु मैदानमा जारी शहिद स्मारक ए डिभिजनमा गरेको प्रर्दशनका आधारमा मुख्य प्रशिक्षकले खेलाडी छनोट गरेका हुन्। लिग जेठ २७ गते सकिनेछ। असार ६ देखि १९ गतेसम्म भारतको बैंगलुरुमा हुनेछ। साफमा नेपाल घरेलु टोली भारतसँगै कुवेत र पाकिस्तान रहेकै समूह 'ए'मा रहेको छ। 

    समूह 'बी'मा लेबनान, मालदिभ्स, भुटान र बंगलादेश छन्। साफमा यो पटक दक्षिण एसिया बाहिरका लेबनान र कुवेतले पहिलोपटक सहभागिता जनाउँदैछन्। 

    प्रारम्भिक नेपाली टोलीः 
    गोलकिपर– किरण चेम्जोङ (राउन्ड ग्लास पन्जाब एफसी), दीप कार्की (मनाङ मर्स्याङ्दी), विशाल श्रेष्ठ (मछिन्द्र)

    डिफेन्डर– विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र), निशान्त खड्का (संकटा क्लब), आशिष गुरुङ (मनाङ), विक्रम लामा (थ्री स्टार क्लब), रोहित चन्द (पर्सिक केडीरी), सिमान्त थापा (जावलाखेल युथ क्लब), अन्जल महर्जन (फ्रेन्ड्स)

    मिडफिल्डर– पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज), नविन लामा –एपिएफ), मणीकुमार लामा (एपिएफ), सुदीप गुरुङ (सातदोबाटो युथ क्लब), लाकेन लिम्बु (थ्री स्टार), आभाष लामिछाने (एपिएफ), विशाल तामाङ (जावलाखेल)

    फरवार्ड – आषुश घलान (संकटा), नवयुथ श्रेष्ठ (आर्मी), दीपकराज सिंह ठकुरी (सातदोबाटो), अन्जन विष्ट (चर्च ब्वाइज), मनीष डाँगी (संकटा), आशिष चौधरी (चर्च ब्वाइज), विमल घर्तीमगर (मछिन्द्र), जिलेस्पीजंग कार्की (आर्मी), दीनेश हेन्जन (आर्मी)

    प्रकाशित मिति :जेठ १७ २०८० बुधवार - १३:२७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij