Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस


  • 6.4K
    Shares

    प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस
    images

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस भएको छ । आइतवार बसेको प्रदेश संसद् बैठकमा प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्नुभएको हो ।

    मुख्यमन्त्री राईविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले गएको पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । मुख्यमन्त्री राईविरुद्ध नेपालको संविधानको धारा १८८ ९४० तथा प्रदेश सभा नियमावली २०७४ को १२९ ९१० बमोजिम अविश्वासको प्रस्ताव पेस भएको नेकपा प्रचण्ड–नेपाल समूहले जनाएको छ ।

    नेकपाको ओली समूहले नेकपा राजनीतिक रूपमा फुटे पनि कानुनी रूपमा नफुटेको भन्दै अविश्वासको प्रस्तावको वैधानिकताबारे प्रश्न गर्दै आएको छ ।

    आइतवार पनि बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर अविश्वासको प्रस्ताव वैधानिक नभएको स्मरण गराउनुभएको थियो । तर सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सरकार तथा ओली पक्षका सांसदको उपस्थिति विनै बैठक राखेर मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेस गर्न अनुमति दिनुभएको  छ ।

    प्रदेश सभाको अर्को बैठक फागुन २० गते बिहीबार दिनको १ बजेसम्मका लागि बोलाइएको छ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - १६:४२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij