Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

हप्तै पिच्छे शत्रुको लिस्ट यसरी बढाउदै छन् प्रधानमन्त्री ओली, केटो पछि अरु को-को थपिए ?

हप्तै पिच्छे शत्रुको लिस्ट यसरी बढाउदै छन् प्रधानमन्त्री ओली, केटो पछि अरु को-को थपिए ?


  • 7.9K
    Shares

    हप्तै पिच्छे शत्रुको लिस्ट यसरी बढाउदै छन् प्रधानमन्त्री ओली, केटो पछि अरु को-को थपिए ?
    images

    काठमाडौं । पुस ५ पछि प्रायः आफ्ना भाषणहरुमा प्रचण्ड, माधवकुमार नेपाल लगायत नेकपाका विभिन्न नेताहरुको चर्को आलोचना गर्ने र व्यक्तिगत लाञ्छना लगाएर समय खर्चिने गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले निशानाको सूची लम्ब्याएका छन् । प्रतिनिधिसभा विघटनपछि ओलीले निशानामा पारेकाको संख्या ह्वात्तै बढेको हो। 

    प्रधानमन्त्री ओलीले शनिबारसम्म आइपुग्दा त्यो सूचीमा नेकपा नेतृ रामकुमारी झाँक्री र उपराष्ट्रपति नन्दबहादुर पुनको नामसमेत थपेर आफूले आलोचना गर्ने व्यक्तिको संख्या बढाएका हुन् ।

    सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई मन नपरेका नेताहरुलाई होच्याउन छुद्र टिप्पणी गर्दै आएका छन् । यस क्रममा उनले नेताहरुलाई केटो, धामी, झाँक्री बैद्य, लगायतका उपमा जोडेर निशाना बनाउने गरेका छन् ।

    शनिबार प्रदेश १ को विराटनगरमा आफुपक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनलाई ‘सत्य’ साबित गर्ने क्रममा संघीय सांसदसमेत रहेकी तथा कुनै बेलाकी आफ्नै कार्यकर्ता र चर्चित विद्यार्थी नेतृ रामकुमारी झाँक्रीदेखि नेकपा अध्यक्ष प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा हुँदै उपराष्ट्रपति नन्दबहादुर पुन समेतको चर्को आलोचना गरे । प्रधानमन्त्री ओली त्यतिमा मात्रै रोकिएनन्, उनले सर्वोच्च अदालतमाथि पनि धम्कीको भाषा प्रयोग गरे । उनले यस अघि नै योगेश भट्टराईलाई केटो भनिसकेका छन् भने भीम रावल पनि उनको सत्रुकै लिस्टमा छन्। 

    अदालतलाई धम्की

    प्रधानमन्त्री ओलीले झाँक्री, प्रचण्ड, सापकोटा र पुनपछि सर्वोच्च अदालतलाई समेत चेतावनीको शैलीमा आफ्नो पक्षमा भएका देशभरका सभा र भीडलाई हेरेर विश्लेषण गरेको हुनुपर्ने भन्दैै प्रतिनिधिसभा विघटनबारे आफ्नो पक्षमा फैसला आउनुपर्ने आशय व्यक्त गरे ।

    प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालत फैसला सुनाउने चरणमा पुगेका बेला प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भए आन्दोलन गर्ने धम्की नै दिए ।

    ‘यदि कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिकडम केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ । फेरि पनि हामी त्यस्ता शक्तिलाई पराजित गर्छौं’, ओलीको भनाइ थियो । ओली अदालत संग पनि तर्सिएका छन्।

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - १६:००:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij