Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

पूर्वमिस नेपाल श्रृंखला खतिवडाले अमेरिकाको हावर्डबाट पूरा गरिन् स्नातकोत्तर

पूर्वमिस नेपाल श्रृंखला खतिवडाले अमेरिकाको हावर्डबाट पूरा गरिन् स्नातकोत्तर


  • 2.4K
    Shares

    पूर्वमिस नेपाल श्रृंखला खतिवडाले  अमेरिकाको  हावर्डबाट पूरा गरिन् स्नातकोत्तर

    पूर्वमिस नेपाल नेपाल श्रृंखला खतिवडाले अमेरिकाको प्रतिष्ठित हावर्ड विश्वविद्यालयबाट सहरी विकास विषयमा स्नातकोत्तर गरेकी छन्।

    उनले स्नातकोत्तर गरेको खुसीको क्षणलाई तस्वीरमार्फत सेयर गरेकी छन्। ‘मैले ग्राजुएसन गरेँ। अब तपाईंले मलाई आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुन्छ,’ उनले इन्स्टाग्राममा लेखेकी छन्। दीक्षित हुँदाको पोसाक र प्रमाणपत्रसहितको तस्बिर सेयर गरेकी छन्। 

    ‘मेरो परिवारबिना मैले यो काम गर्न सक्ने थिइनँ। मेरो जितमा ताली बजाउने, मलाई हरेक परिस्थितिमा साथ दिने र मैले नगर्दा पनि विश्वास गर्ने मेरो परिवारलाई म धेरै माया गर्छु’, उनले भनेकी छन्। 

    श्रृंखलाका बुवा एवम् पूर्वमन्त्री विरोध खतिवडा, आमा मुनु सिग्देल र भाइ पनि उनको ग्राजुएसन समारोहमा सहभागी भएका थिए। उनीहरु पनि हर्षित मुद्रामा देखिएका छन्। अर्कातिर मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठ पनि अध्ययनका लागि हावर्डमा जान लागेकी छन्। 

    उनले यो कुरा शनिबार गोदावरीमा सम्पन्न मिस नेपालको ग्राण्ड फिनालेमा सेयर गरेकी हुन्। इन्स्टाग्राममा पनि उनले यो कुरा लेखेकी छन्। 

    उनले सन् २०२३/२०२४ का लागि हावर्ड मेडिकल स्कुलमा स्नातकोत्तर कोर्स गर्न लागेको उनले जनाएकी छन्।

    प्रकाशित मिति :जेठ १५ २०८० सोमवार - १२:५७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij