२०८२ भाद्र ८ गते आइतवार
काठमाडौँ । सरकारले पूर्व प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा व्यवस्थापनमा खटिने गरेका सुरक्षाकर्मीको संख्यामा भारी कटौती गरेको छ । प्रचण्डको सुरक्षाबाट ३१ जना सशस्त्र प्रहरी र २४ जना नेपाल प्रहरी फिर्ता लगिएका छन् ।
भिआइपी तथा भिभिआइपीको सुरक्षा व्यवस्थापन सम्बन्धी नयाँ कार्यविधिअनुसार प्रचण्डलाई अब दुई जना नेपाल प्रहरी र १६ जना शसस्त्र प्रहरीले सुरक्षा दिनेछन् ।
यसअघि प्रचण्डले ४७ जना शसस्त्र प्रहरीलाई आफूसँग राख्दै आएका थिए। शसस्त्र प्रहरी मुख्यालयले प्रचण्डको सुरक्षामा खटाइएका मापदण्ड विपरीत सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको जनाएको छ। हाल इन्सपेक्टरको कमाण्डमा सशस्त्रको टोलीले प्रचण्डलाई सुरक्षा दिइरहेको छ ।
प्रचण्डले प्रधानमन्त्रीले जसरी नै नेपाल प्रहरीका नायब उपरीक्षक-डीएसपीलाई अङ्गरक्षक (पीएसओ) राख्दै आएका थिए। उनले तत्कालीन प्रहरी निरीक्षक दानबहादुर मल्ललाई पीएसओको रुपमा राखेका थिए । ओलीले आफु सरहको सुरक्षा प्रचण्डलाई दिनै नहुने अड्डी कसे पछि पुर्व पदाधिकारीले पाउँदै आएको सुबिधा खोसिएको हो।
आफूसँगै रहेका बेला मल्ल डीएसपीमा बढुवा भएपछि प्रचण्डले उनैलाई निरन्तरता दिएका थिए। मल्लको सरुवा भएपछि त्यस ठाउँमा प्रचण्डले डीएसपीलाई नै राखेका थिए। प्रचण्डसँग पछिल्लो समय रहेका डीएसपी विनोद शर्मालाई फिर्ता बोलाइसकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हाल प्रचण्डसँग दुई जना प्रहरी नायव निरीक्षक (सई) पीएसओका रुपमा छन्।
पूर्वप्रधानमन्त्रीलाई सईको कमाण्डमा पीएसओ टोली खटाइँदै आए पनि प्रचण्डले डीएसपीलाई आफूसँगै राख्दै आएका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij