Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

हेटौंडामा शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचियो

हेटौंडामा शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचियो


  • 2.3K
    Shares

    हेटौंडामा शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचियो


    हेटौंडा । मकवानपुरमा निजी विद्यालयका शिक्षकको कुटाइबाट एक विद्यार्थी घाइते भएका छन् ।  हेटौंडा उपमहानगरपालिका –११ स्थित हेटौंडा एकेडेमीमा कक्षा ६ मा अध्ययनरत १२ वर्षका सिर्जन उप्रेती घाइते भएका हुन् । 

    विद्यालयका शिक्षक सरोज श्रेष्ठले कुटपिट गर्दा उनको बाँया हात दुई ठाउँमा भाँचिएको हो । सिर्जनका बुवा केदार उप्रेतीका अनुसार गएको फागुन २८ गते विद्यालयको अनुशासन नमानेको भन्दै सिर्जनमाथि शिक्षक सरोज श्रेष्ठले निर्मम कुटपिट गरेका थिए । 

    कुटपिटपश्चात सिर्जनका बुवा केदारले विद्यालयका प्रधानाध्यापक गौरी चिमरियासमक्ष छोरालाई कुटपिट भएको गुनासो सुनाउन पुगेका थिए । विद्यालयले बेवास्था गरेपछि बुवा केदार आफैँ चुरेहिल अस्पताल र हेटौंडा मोडेल अस्पतालमा छोराको उपचारका लागि धाइरहेका छन् ।

    ‘अस्पतालले छोराको बायाँ हात दुई ठाउँमा भाँचिएको र स्टिल हाल्नुपर्छ भनेको छ । करिब १ लाख रुपैयाँ भन्दा बढी खर्च भइसक्यो, मसँग अब पैसा पनि छैन । छोरोको उपचार पनि पूर्ण रुपमा भइसकेको छैन, बुबा केदारले दुखेसो पोखे ।

    त्यस्तै विद्यालयका गणित शिक्षक धनबहादुर विश्वकर्माले शुक्रबार सिर्जनका भाइ कक्षा ५ मा अध्ययनरत १० वर्षका संकल्प उप्रेतीमाथि निर्घात कुटपिट गरे । होमवर्क नगरेको भन्दै शिक्षकले कुटेपछि संकल्प पनि घाइते भएका छन् । उनको शरीरभरी निलडाम रहेको उनका अभिभावकले जनाएका छन् ।

    विद्यालयकी प्रधानाध्यापक गौरी चिमरियाले विद्यार्थीमाथि निर्मम कुटपिट भएको स्वीकार गरिन् । ‘बालबालिकामाथि कुटपिट गर्ने हाम्रो नीति छैन । शिक्षकबाट कमजोरी हुन गएको हो । पीडितपक्ष समन्वय गर्न आए भने हामी विद्यार्थीको उपचार गर्छौं,’ उनले भनिन् ।

    अरुणराज सुमार्गीको मुख्य लगानीमा सञ्चालित हेटौडा एकेडेमीमा विद्यार्थीहरुमाथि अनुशासन नमानेको, होमवर्क नगरेको भन्दै दिनहुँ कुटपिट हुने गरेको अभिभावकको गुनासो छ । 

    प्रकाशित मिति :जेठ १४ २०८० आइतवार - १२:१३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij