Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

प्रेस युनियनको ३२औँ स्थापना दिवस मनाँउदै

प्रेस युनियनको ३२औँ स्थापना दिवस मनाँउदै


  • 1.4K
    Shares

    प्रेस युनियनको ३२औँ स्थापना दिवस मनाँउदै
    images

    नेपाल प्रेस युनियनले विभिन्न कार्यक्रमसहित ३२औँ स्थापना दिवस आज मनाइरहेको छ । लोकतन्त्रवादी पत्रकारको छाता संस्था युनियनको स्थापना २०४८ सालमा भएको थियो । 

    स्थापना दिवसका अवसरमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा ‘प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका’ विषयक विचार गोष्ठीको आयोजना गरिएको महासचिव दिलीप पौडेलले जानकारी दिए । 

    “स्थापना दिवसका अवसरमा ‘अस्पतालका बिरामीलाई फलफूल वितरण, प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका’ विषयक विचार गोष्ठी, रक्तदान तथा खेलकुद कार्यक्रम गरी मनाउने निर्णय गरेको छौँ”, महसचिव पौडेलले भने ।

    युनियनले पत्रकारको ट्रेड युनियन अधिकार, प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार, पत्रकारको क्षमता विकास लगायतका क्षेत्रमा काम गर्दै आएको छ । 

    प्रकाशित मिति :जेठ १३ २०८० शनिवार - १३:००:५२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij