Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ : अध्यक्ष थापा

निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ : अध्यक्ष थापा


  • 6.1K
    Shares

    निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ : अध्यक्ष थापा
    images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताउनुभएको छ ।  

    मिडिया नेपालद्वारा आज  दमकमा आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग गर्न  राजनीतिक दलसंग आग्रह गर्नुभयो । 

    उहाँले भन्नुभयो, “ निर्चावनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ  । निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ ।  ताजा जनादेश लिन सबै राजनीतिक दल निर्वाचनमा जानुपर्छ  ।”

    नेकपालाई सरकार चलाउन जनताले दुई तिहाइको जिम्मेवारी दिए पनि तीन वर्षमा नै प्रतिनिधिसभा विघटन गरेर संवैधानिक सङ्कट आएको उहाँको भनाइ थियो । उहाँले संसद् विघटन सम्बन्धी  सर्वोच्च अदालतको फैसला पार्टीलाई स्वीकार्य हुनेछ बताउनुभयो । रासस

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - १३:५७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij