Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

वर्षायामको सुरुआतसंगै मनाङमा बढ्न थाल्यो जोखिम, सडक सञ्जाल टुट्दै

वर्षायामको सुरुआतसंगै मनाङमा बढ्न थाल्यो जोखिम, सडक सञ्जाल टुट्दै


  • 1.9K
    Shares

    वर्षायामको सुरुआतसंगै मनाङमा बढ्न थाल्यो जोखिम, सडक सञ्जाल टुट्दै
    images

    मनाङ । प्रि–मनसुन सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्ला मनाङको सडक सञ्जाल टुट्दै गएको छ । छिमेकी जिल्ला लमजुङमा दैनिक वर्षा भइरहेको छ भने मनाङमा सुक्खा पहिरो खस्न थालेको छ । 
     
    डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत नासो गाउँपालिका–१ सिरानतालमा सुक्खा पहिरो खसेको छ । सुक्खा पहिराका कारण सडक अवरुद्ध भएको नासो–५ का वडाध्यक्ष थुदेन लामाले जानकारी दिए । “वर्षायाम सुरुआत हुनासाथ मनाङमा जोखिम बढेको छ, यात्रुमात्रै आवतजावत गर्नसमेत सकस भएको छ”, उनले भने । 
     
    उनका अनुसार बुधबार साँझदेखि चट्टानसहितको सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । “अवरुद्ध सडक आजदेखि खुलाउने प्रयास भएको छ, उक्त सडकअन्तर्गत अन्य स्थानमा भने अवरुद्ध रहेको छैन”, उनले भने । 
     
    दुई वर्षअघि पहिराका कारण भत्किएको सडक मर्मत गर्दा रहेका चट्टान खसेर अवरुद्ध भएको सडक खुलाउन एस्काभेटर ल्याउँदै गरेको डुम्रे–बेंसीसहर–चामे सडक आयोजना कार्यालयका सब इञ्जिनियर सुमन अधिकारीले जानकारी दिए । 
     
    “पहिरो खसेको स्थानमा आइपुगेका छौँ”, आज सडक खुलाउने प्रयासमा जुटेका छौँ”, उनले भने, “आज मनाङ मात्रै नभई प्रदेशमा नै मौसम प्रतिकूल देखाएको छ, तर पनि यहाँको मौसम सफा त छैन, अनुकूल नै रहेमा आजै सडक खुल्छ ।”
     
    वर्षायाम वा अन्य समयमा पनि मनाङको यात्रा सहज भने छैन । वर्षायाम सुरुआत भएसँगै अझ बढी जोखिम बढ्ने गर्छ । वर्षायाममा पर्ने झरीका कारण एक ठाउँमा मर्मत गर्न नभ्याउँदै अर्को स्थानमा सडक भत्किँने हुँदा मनाङवासी तथा पर्यटक आवतजावतमा समस्या हुने गरेको छ ।

    प्रकाशित मिति :जेठ ११ २०८० बिहिवार - १४:३५:४५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij