Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

शिवशिखर सहकारी ठगी प्रकरणः चार जिल्लामा कागजात सङ्कलन गर्दै प्रहरी

शिवशिखर सहकारी ठगी प्रकरणः चार जिल्लामा कागजात सङ्कलन गर्दै प्रहरी


  • 2.9K
    Shares

    • images
    शिवशिखर सहकारी ठगी प्रकरणः चार जिल्लामा कागजात सङ्कलन गर्दै प्रहरी
    images

    महेन्द्रनगर । बचतकर्ताको अर्बौ बढी निक्षेप सङ्कलन गरेर सम्र्पकविहीन भएपछि शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा आवद्ध बचकर्ताले धमाधम प्रहरीमा आफ्ना कागजात पेस गर्न थालेका छन् । 

    शिवशिखरको शाखा रहेको कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, अत्तरीया र लम्की, डडेल्धुराको अमरगढी र डोटीको दिपायलमा प्रहरीले बचतकर्ताका कागजात सङ्कलन गरिरहेको छ ।

    उक्त सहकारीबाट भएको ठगी, बचत रकम फिर्ता नगरेको र रकम हिनामिनालगायत विषयमा जाहेरी दिन  बचतकर्तालाई सार्वजनिक रुपमै सूचना जारी गरिएपछि एक सातायता प्रहरी कार्यालयमा कागजात पेस गर्नेकोे भीड लागेको छ ।

    “तीनवटै शाखामा सञ्चालक र कर्मचारीविहीन छन् ।” उनले भने, “सबै बचतकर्ताको निवेदन आइसकेपछि कैलालीमा कति निक्षेप सङ्कलन भएको रहेछ भनेर एकिन जानकारी आउछ ।” प्रहरीका अनुसार मङ्गलबारसम्म धनगढीमा १ हजार भन्दा बढी उजुरी प्रहरीमा आएको थियो ।

    त्यसैगरी कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा हालसम्म २ हजार एक सय बचतकर्ताले निवेदन दिइसकेका छन् । उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बचतकर्तालाई निवेदन दिन यही जेठ १५ गतेसम्मको समयावधि दिइएको जानकारी दिए ।

    “सो सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्यूरोले पनि छानबिन गर्दै छ ।” उनले भने, “ कञ्चनपुरमा पनि प्रहरीले जाहेरी लिएर अनुसन्धान अघि बढाउने भएकाले कागजातसहित विवरण पेस गर्न भनेका छौँ ।”प्रहरीका अनुसार उक्त सहकारीको महेन्द्रनगर शाखाले मात्रै रु २६ करोड निक्षेप सङ्कलन गरेको बताइएको छ ।

    सुदूरपश्चिम प्रदेशबाट मात्र सो सहकारीले रु एक अर्ब ५० करोडभन्दा बढी निक्षेप सङ्कलन गरेको बताइएको छ । सङ्कलित निक्षेप भौतिक संरचना खरिद र निर्माणमा बढी लगानी भएको देखिएको छ ।

    डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले डडेल्धुरामा शिवशिखर सहकारीले करिब रु ४१ करोड निक्षेप सङ्कलन गरेको बताए ।

    “ हिजोसम्म ६८० बचतकर्ताले रु १२ करोड ५० लाख बिगोसहित आवश्यक कागजात पेस गरिसकेका छन् ।” उनले भने, “यहाँ रहेकासहकारीका दुई वटा मार्ट बन्द भइसके ।”

    उक्त सहकारीको डोटी शाखा सञ्चालनमा रहेपनि हाल बन्द अवस्थामा छ । डोटीमा मङ्गलबारसम्म चार सय ७९ बचतकर्ताले निवेदन पेस गरेको प्रहरीको भनाइ थियो ।

    प्रकाशित मिति :जेठ १० २०८० बुधवार - १६:१४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij