Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तामाकोसी पाँचौ जलविद्युत आयोजनाको स्रोत सुनिश्चित, २१ अर्ब लगानी गर्न सम्झौता

तामाकोसी पाँचौ जलविद्युत आयोजनाको स्रोत सुनिश्चित, २१ अर्ब लगानी गर्न सम्झौता


  • 1.9K
    Shares

    • images
    तामाकोसी पाँचौ जलविद्युत आयोजनाको स्रोत सुनिश्चित, २१ अर्ब लगानी गर्न सम्झौता

    काठमाडौँ । तामाकोसी पाँचौ जलविद्युत आयोजनाको स्रोत सुनिश्चित भएको छ । २१ अर्ब लागत लगानीको आयोजना अघि बढाउन त्रिपक्षीय सम्झौता भएसँगै स्रोत सुनिश्चित भएको हो । दोलखाको बिगु गाउँपालिकामा बन्ने उक्त आयोजनाको क्षमता ९९.८ मेगावाट रहेको छ । 

    आयोजनामा लगानी गर्न नेपाल  विधुयुत प्राधिकरण, तामाकोसी जलविद्युत कम्पनी लिमिटेड र कर्मचारी सञ्चय कोषबीच सम्झौता भएको छ । आइतबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतको नेतृत्वमा त्रिपक्षीय सम्झौता भएको हो । 

    आयोजनाका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले लगानीको स्रोत सुनिश्चित भएसँगै आयोजना अघि बढ्ने पक्का भएको बताए । आयोजनाबाट उत्पादित बिजुली माथिल्लो तामाकोसी आयोजनाले बनाएको २२० केभीको प्रशारणलाइनमा जोडिने समेत भण्डारीले बताए ।

    आयोजनामा ब्याजसहित लाग्ने २१ अर्ब लागतमध्य ६५ प्रतिशत ऋण लगानी र ३५ प्रतिशत स्वपूजी रहने बताइएको छ । आयोजनाबाट उत्पादित बिजुली किन्न प्राधिकरणसँग  विधुयुत खरिद सम्झौता भइसकेको छ । 

     

    प्रकाशित मिति :जेठ ८ २०८० सोमवार - १२:२३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij