२०८२ फाल्गुण २६ गते मंगलवार
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। आफन्तजन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । आफन्तसँग रमाइलाे भेटघाट हुनेछ। परिवारका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । काम रोकिनेछ। अरूको फाइदाका लागि काम गर्नुपर्ने अवस्था आउन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
भौतिक सम्पती हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ। व्यापारमा फाइदा हुनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
प्रतिस्पर्धीहरुलार्ई साईड लगाउँदै एक दुई कदम अगाडी बढ्न सकिनेछ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। ढिलासुस्ती गर्दा वा आँटले काम लिन नसक्दा केही पछि परिनेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बौद्धिक कार्यमा सहभागी भएतापनि उपलव्धी भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अविस्वास बढ्ने योग रहेकोछ । पति पत्नी विच मनमुटाव बड्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ ध्यान दिनुहोला । भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसी कुरामा राय बाजिनेछ । आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान्। अरूको विश्वास गर्दा धोका हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ ।
तपाईको दिन शुभ रहोस् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij