२०८२ माघ १४ गते बुधवार
उक्त आइपिओमा १० लाख ९२ हजार ६६७ जनाले आवेदन दिएकोमा १० लाख ८७ हजार ६७५ जनाको आवेदन बाँडफाँटका लागि योग्य भएको बिक्री प्रबन्धकको भनाइ छ। कम्पनीले वैशाख २५ गतेदेखि २८ गतेसम्म उक्त आइपिओ निष्कासन गरेको थियो।
कम्पनीले जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर निष्कासनका लागि छुट्याएको थियो।
सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपीओ निष्कासन गरेर बाँडफाँट गरिसकेको छ।
यस्तै, ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएपछि बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयर कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरेको हो।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij