Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्छः सिंह

निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्छः सिंह


  • 932
    Shares

    निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्छः सिंह

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्ने बताएका छन् । नेपालको निर्माण क्षेत्रमा श्रमिकको चरम अभाव रहेको र यस क्षेत्रमा आउन चाहनेहरुका लागि अवसरसँगै पारिश्रमीक समेत राम्रो रहेको बताएका हुन् । 

    उनका अनुसार निर्माण मध्येको पुलको मात्रै काम गर्ने श्रमिकको पारिश्रमीक महिनामै ५० हजारसम्म हुने गरेको छ । अहिले पुलका काम गर्ने अधिकांश भारतीयहरु रहेका छन् । उनीहरुले अर्बौं रुपैयाँ यसरी नै पारिश्रमीक बुझेर भारतमा लैजाने गरेका छन् ।
     
    सिंहकाअनुसार निर्माण क्षेत्रमा मात्रै करिव ७ लाख भारतीय नेपालमा छन् । सरकारले निर्माण सम्बन्धि काम गर्न आवश्यक जनशक्ति तयार गर्न नसक्दा निर्माण क्षेत्रमा भारतीय श्रमिकको दबदबा रहेको उनले बताएका छन् ।

    अध्यक्ष सिंहले भने, ‘नयाँ सरकार बन्दैछ । अब बन्ने सरकारले अर्थतन्त्र चलायमान बनाउनुपर्छ ।  । सरकारले वर्षको १०० दिनको रोजगारी दिने कार्यक्रम ल्याउने गरेको छ तर त्यो वास्तविक रोजगारी दिने नभएर कागजी रोजगारीमा सिमित भएको छ । सय दिनेको रोजगारी दिने भन्दै गर्दा उनीहरुलाई तालिम, प्रशिक्षण दिन जरुरी छ । निजी क्षेत्रसँग जोडेर सरकारले बेरोजगार नेपालीहरुलाई कामको प्रशिक्षण दिन जरुरी छ । एउटा अदक्ष मजदुरलाई अर्धदक्ष बनाउन कुनै गाह्रो छैन । अर्धदक्ष मजदुरहरुको न्युनतम पारिश्रमीक नेपालमा पनि ३०–५० हजारसम्म हुनसक्छ ।’

    सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत एकसय दिने रोजगारीको घोषणा गरेपनि त्यो कागजमै सिमित भइरहेको सिंहको भनाइ छ । उनकाअनुसार अब आगामी सरकारले व्यवहारिक शिक्षा लागू गर्दै नेपालमै श्रम गर्ने वातावरण समेत तयार गर्न जरुरी छ । 

    images
    प्रकाशित मिति :चैत्र १ २०८२ आइतवार - १३:४०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij