Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

कर्जा पाउन २१३ स्टार्ट–अप उद्यम अयोग्य, छनौट हुनेले तीन प्रतिशत ब्याजमा कर्जा पाउने

कर्जा पाउन २१३ स्टार्ट–अप उद्यम अयोग्य, छनौट हुनेले तीन प्रतिशत ब्याजमा कर्जा पाउने


  • 2.3K
    Shares

    कर्जा पाउन २१३ स्टार्ट–अप उद्यम अयोग्य, छनौट हुनेले तीन प्रतिशत ब्याजमा कर्जा पाउने

    काठमाडौँ । स्टार्ट–अप उद्यम कर्जाका लागि प्रस्ताव पेस गर्ने दुई सय १३ कम्पनी बाहिरिएका छन् । उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गरेका तीन सय ८२ वटा आवेदनमध्ये पहिलो चरणबाट उक्त कम्पनी बाहिरिएका हुन् । 

    उद्योग विभागले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ को दफा ८ बमोजिम कर्जा लिन इच्छुक स्टार्टअप उद्यम गर्ने उद्यमीलाई परियोजना प्रस्ताव पेस गर्न चैत १६ गते सूचना प्रकाशन गरेको थियो ।

    प्रस्ताव पेस भएका आवेदनको प्रारम्भिक रुजु गर्दा कार्यविधिको दफा २ (झ) र ४ (१) बमोजिम कैफियतमा उल्लेख भएका आधारमा थप मूल्याङ्कनमा समावेश नभएको विभागले जनाएको छ । 

    चुक्ता पुँजी रु ५० लाखभन्दा बढी भएको, उद्यमको कूल आय (आम्दानी) वार्षिक रु ५० लाखभन्दा बढी नभएको, स्थीर पुँजी (घर जग्गाको मूल्य बाहेक )रु २ करोडभन्दा बढी नभएको, उद्यममा पूर्णकालीन कामदारको सङ्ख्या १० जनाभन्दा बढी नभएको हुनुपर्ने व्यवस्था गरिएको थियो ।

    कार्यविधिले परियोजना धितो राखेर अधिकतम रु २५ लाखसम्मको कर्जा दिने व्यवस्था गरेको छ । कर्जा दुई किस्तामा उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ । स्टार्टअप उद्यमले सरकारी लगानीको वाणिज्य बैङ्कमार्फत ७ वर्षका लागि कर्जा पाउनेछन् । 

    यस्तो कर्जामा सावाँ भुक्तानी तीन वर्षपछि मात्रै गर्न पाइने सुविधा छ । यस्तो कर्जा प्रवाहका लागि सरकारले चालू आर्थिक वर्षमा रु २५ करोड विनियोजन गरेको थियो । 

    सुरुआतमा देशभर रहेका १०० स्टार्टअपलाई समेट्ने गरी बजेट विनियोजन गरिएको थियो ।

    तीन प्रतिशत ब्याज

    स्टार्टअप उद्यमीलाई सरकारले तोकेको रु २५ लाख कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्था छनोट गर्नेछ । जसमा कर्जा तीन प्रतिशत ब्याजदरमा उपलब्ध हुने कार्यविधिमा उल्लेख छ । 

    केन्द्रीय बैङ्कले नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको वाणिज्य बैङ्कमार्फत कर्जा प्रवाहका लागि सिफारिस गर्नेछ । 

    छनोट समितिले गरेको सिफारिसका आधारमा केन्द्रीय बैङ्कले दुई किस्तामा कर्जा प्रवाह गर्नका लागि बैङ्क तोक्नेछ । जसमा पहिलो किस्तामा स्वीकृत कर्जाको ५० प्रतिशत रकम वितरण गर्नुपर्ने हुन्छ ।

     

    प्रकाशित मिति :जेठ ५ २०८० शुक्रवार - १०:३४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij