Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

विराटनगर आँखा अस्पताल र नुरदुबई फाउन्डेसनबिच सहकार्य, २२ सय जनाको आँखा जाँच

विराटनगर आँखा अस्पताल र नुरदुबई फाउन्डेसनबिच सहकार्य, २२ सय जनाको आँखा जाँच


  • 1.8K
    Shares

    • images
    विराटनगर आँखा अस्पताल र नुरदुबई फाउन्डेसनबिच सहकार्य, २२ सय जनाको आँखा जाँच
    images

    नेपाल नेत्रज्योति सङ्घ पुर्वाञ्चलल क्षेत्रिय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाँउपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाँउपालिकामा २ दिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ ।

    नुरदुबई फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न आँखा शिविरमार्फत् २ हजार १ सय ९९ जनाको आँखा परीक्षण गर्दा २४२ जनामा मोतिबिन्दुको समस्या देखिएको विराटनगर आँखा अस्पतालले जनाएको छ। 

    बुधबार सम्ममा १५४ जना बिरामीको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिसकिएको र बाँकी बिरामी बिरामीहरूको पनि निःशुल्क शल्यक्रिया गरिने अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा। रक्षा पन्तले बताइन् ।  

    जेठ १ र २ गते देवानगन्ज गाँउपालिकामा चलेको उक्त शिविरमार्फत दृष्टिदोष भएका ९ सय १९ जना बिरामीहरूलाई निःशुल्क चस्मा समेत वितरण गरिएको विराटगनर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक मोहम्मद रफिकले बताए । उनका अनुसार शिविरमा मोतिबिन्दु देखिएका बिरामीहरूलाई विराटनगर आँखा अस्पतालमा ल्याई निःशुल्क शल्यक्रिया गरिएको थियो । 

    आँखा उपचारको पहुँच र आर्थिक अभावमा लामो समयदेखि दृष्टिविहीन बस्न बाध्य भएका बिरामीहरूले आफ्नो घर आँगनमै निःशुल्क आँखा उपचार सेवा पाएपछि खुसी हुँदै स्वास्थ्यकर्मीहरूलाई धन्यवादसमेत दिएका थिए।

    विराटनगर आखा अस्पतालका नेत्र रोग बिशेषज्ञ डा। सुमित मिश्र र डा। प्रिति अग्रवालको नेतृत्वको टोलिले शिविरमा सेवा प्रवाह गरेको थियो । नेपाल नेत्रज्योति सङ्घ पुर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत हाल २ वटा आँखा अस्पताल र ३१ वटा आँखा उपचार केन्द्र सञ्चालनमा छन् ।

    सन् २०२२ मा पुर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रम अन्तरगत सञ्चालित अस्पताल, आँखा उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रम मार्फत १२ लाख १३ हजार ३२६ जनाको आँखा जाँच गरि १ लाख ३१ हजार ८४६ जनाको शल्यक्रिया गरिएको थियो । स्थापनाकाल देखि सन् २०२२ सम्ममा यस संस्थामार्फत १ करोड २४ लाख ३० हजार ४७६ जनाको आँखा जाँच गरी २० लाख ९४ हजार १५ जनाको शल्यक्रिया गरिएको छ ।

    सन् २०२२ मा १५४ वटा निशुल्क आँखा शिविर सञ्चालन गरी ६ हजार १३० जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया समेत गरिएको थियो । नेपाल नेत्रज्योति संघले पहुँच र आर्थिक अभावमा कोही पनि नागरिकहरू दृष्टिबिहिन बस्नु नपरोस् र सन् २०३० सम्ममा नेपालबाट उपचारपछि निको हुने अन्धोपन निवारण गर्ने नेपाल सरकारको योजनालाई सफल बनाउने गरी आफ्नो सेवालाई बिस्तार गरिरहेको पुर्वाञ्चल आँखा उपचार कार्यक्रमका प्रमुख प्रशासक सुधिर ठाकुरले बताए। 

     

     


    विराटनगर आँखा अस्पताल र नुरदुबई फाउन्डेसनबिच सहकार्य, २२ सय जनाको आँखा जाँच

     

    प्रकाशित मिति :जेठ ४ २०८० बिहिवार - १३:३९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij