Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कोशीका ९३ जना सांसदलाई ल्यापटप बाँड्न डेढ करोड बजेट रकमान्तर

कोशीका ९३ जना सांसदलाई ल्यापटप बाँड्न डेढ करोड बजेट रकमान्तर


  • 1.9K
    Shares

    • images
    कोशीका ९३ जना सांसदलाई ल्यापटप बाँड्न डेढ करोड बजेट रकमान्तर

    विराटनगर । कोशी प्रदेश संसद सचिवालयले सांसदहरूलाई ल्यापटप दिन टेण्डर खुलाएको छ । प्रदेशसभाका ९३ सांसदलाई ल्यापटप खरिद गर्न प्रक्रिया सुरू गरिएको हो । १ सय थान ल्यापटप खरिदका लागि ई-टेण्डर खोलिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    यसका लागि १ करोड ५० लाख रूपैयाँ बजेट रकमान्तर गरिएको छ । सांसदलाई ल्यापटप किन्न बजेट नछुट्याइएकाले रकमान्तर गरेर व्यवस्था गरिएको बताइएको छ । 

    कोशी प्रदेससभा सञ्चालन व्यवस्थापन समितिको चैत २८ गतेको बैठकले ल्यापटप खरिद गर्ने निर्णय गरेको थियो । समितिमा सभामुख, उपसभामुख, प्रदेससभा सचिवालयका सचिव र आन्तरिक मामिला मन्त्री छन् । निर्णयमा आन्तरिक मामिलामन्त्रीको हैसियतले मुख्यमन्त्री हिक्मत कार्कीले पनि हस्ताक्षर गरेका छन् ।

    सांसदहरूलाई प्रविधिमैत्री बनाउन ल्यापटप दिने निर्णय गरेको कोशी प्रदेशसभा सचिवालयका उपसचिव गौतमप्रसाद अमात्यले बताए । प्रदेशसभाले एउटा ल्यापटपको १ लाख रूपैयाँ राखेर ठेक्का खोलेको छ ।

    प्रकाशित मिति :जेठ ४ २०८० बिहिवार - ११:५०:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij