Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कर्जाको ब्याज तिर्ने अवधि ३ महिना थपियो, हर्जना असारसम्म नलाग्ने

कर्जाको ब्याज तिर्ने अवधि ३ महिना थपियो, हर्जना असारसम्म नलाग्ने


  • 2.6K
    Shares

    कर्जाको ब्याज तिर्ने अवधि ३ महिना थपियो, हर्जना असारसम्म नलाग्ने

    नेपाल राष्ट्र बैंकले कर्जाको ब्याज तिर्ने अवधि थप गरेको छ।

    नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै २०७९ चैत मसान्तसम्म असल वर्गमा वर्गीकरण भएका अल्पकालिन तथा चालु पुँजी प्रकृतीको कर्जाको ब्याज नियमित रहेको अवस्थामा आवश्यकतालाई र औचित्यको आधारमा कुनै हर्जना तथा शुल्क नलाग्ने गरी म्याद थप गरेको छ। राष्ट्र बैंकले यस्तो कर्जाको ब्याज २०८० असार मसान्त भित्र (तीन महिना) म्याद थप गर्न सकिने भनेको छ।

    साथै बैंक तथा वित्तीय संस्थाले २०७८ भदौ ८ गते अघि जारी भएका ऋणपत्रलाई २०८० पुस मसान्तसम्म निक्षेपमा गणना गर्न पाउने भएका छन्। साथै, कर्जाको ब्याजदर (बैंकदर) ७.५ प्रतिशत कायम गरिएको छ।निर्देशिकामा उल्लेख छ, ‘बैंक तथा वित्तीय संस्थाले होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित ५ करोड सम्मको अन्य सबै कर्जा प्रवाहमा आम्दानी विश्लेषण गरी ब्याजमा १० प्रतिशत रकम असुल गरी शर्त अनुसार कर्जाको पुनरतालिकीकरण र पुनर्संरचना गर्न सकिनेछ।’  

    पुनरतालिकीकरण र पुनर्संरचना २०८० असारभित्र गरिसक्नुपर्ने उल्लेख छ। २०७९ चैत मसान्सम्ममा सक्रिय वर्गको वर्गीकरण भएमा कर्जा पुनरतालिकीकरण र पुनर्संरचना गर्न सकिने भएको छ।

    प्रकाशित मिति :जेठ ३ २०८० बुधवार - १७:४१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij