Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सिद्धार्थ बैंकलाई आईएफसीबाट ५ करोड ५० लाख अमेरिकी डलरको सुविधा स्वीकृत

सिद्धार्थ बैंकलाई आईएफसीबाट ५ करोड ५० लाख अमेरिकी डलरको सुविधा स्वीकृत


  • 1.9K
    Shares

    • images
    सिद्धार्थ बैंकलाई आईएफसीबाट ५ करोड ५० लाख अमेरिकी डलरको सुविधा स्वीकृत
    images

    काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूह अन्तर्गतको इन्टरनेसनल फाइनान्सियल कर्पोरेसन (आईएफसी) बीच नेपालका लघु, साना तथा मझौला उद्यमी (एमएसएमई) हरूको व्यवसायमा र जलवायु वित्तपोषणमा लगानी गर्ने सम्झौता भएको छ । 

    आईएफसीले बैंकलाई ५ करोड ५० लाख अमेरिकी डलर ऋण प्रदान गर्नेछ । बैंकलाई प्रदान गरिने ऋण रकम आईएफसीद्वारा कुनै पनि नेपाली बैंकलाई हालसम्म प्रदान गरिएको सबैभन्दा बढी ऋण रकम हो ।

    यस सहकार्य सँगै बैंकले स्वच्छ ऊर्जा परियोजना, विद्युतीय सवारी साधन, जलवायु मैत्रीपुर्ण कृषि जस्ता परियोजनामा लगानी गर्नेछ । यस सम्झौताले लघु, साना तथा मझौला व्यवसाय स्थापना, सञ्चालन र प्रवर्द्धन गर्न र हाल नेपालको बैंकिङ्ग प्रणालीमा कायम तरलता अभावको समस्या समाधानमा पनि केहि हदसम्म टेवा पुगी अर्थतन्त्र सुदृढ बनाउन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

     

    प्रकाशित मिति :जेठ ३ २०८० बुधवार - १७:१६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij