२०८२ भाद्र २ गते सोमवार
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वर्तमान सरकारको गृहमन्त्री बन्न लागेको भन्ने समाचार गलत, भ्रामक र दूराशययुक्त भएको बताएका छन्।
केही दिनअघि विभिन्न सञ्चारमाध्यममा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी सरकारको उपप्रधान तथा गृहमन्त्री बन्न गौतमलाई प्रस्ताव गरेको समाचार सार्वजनिक भएको थियो । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गौतमले भ्रमपूर्ण समाचार सम्प्रेषण गरेर आफ्नो चरित्रहत्या गर्न खोजिएको बताउनुभएको हो ।
यस्तो छ बामदेवको स्टाटस
मेरो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। केही संचार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृह मन्त्री बनेर वामदेव जाँदैछन् भन्ने ग़लत भ्रामक र दुराशययुक्त समाचार प्रवाहित गरिएको छ।
मेरा सबै मित्रहरुलाई यस किसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्नुहुन हार्दिक अनुरोध गर्दछु!!
वामदेव गौतम
संयोजक
नेकपा एकता राष्ट्रीय अभियान
७।११।२०७७
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij