Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

कैलालीको कुचैनीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

कैलालीको कुचैनीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा


  • 2.2K
    Shares

    कैलालीको कुचैनीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

    सनराइज बैंकले कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–३, कुचैनी कैलालीमा शाखारहित बैंकिङ सेवा सुरू गरेको छ। सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १०३ पुगेको छ। 

    बैंकले कुचैनीमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा गणेश प्रसाद पौडेललाई नियुक्त गरेको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच उक्त सेवा सुरू गरिएको हो। उक्त कार्यक्रममा गौरीगंगा नगरपालिका वडा नम्बर ३, का वडा अध्यक्ष मनिराज जोशी र सभापतीमा बैंकका अत्तरिया शाखाका प्रमुख मातृका खड्काको उपस्थिती रहेको थियो। 

    बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ। यस सेवाबाट ग्राहले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण जस्ता सेवाहरू लिन सकिने बैंकले बताएको छ। 

    हालसम्म बैंकले १३९ वटा शाखा, १०३ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा एटिएममार्फत ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। 

    प्रकाशित मिति :जेठ १ २०८० सोमवार - १७:१९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij