Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कपनमा बच्चपन स्कूल काठमाडौंको उद्घाटन

कपनमा बच्चपन स्कूल काठमाडौंको उद्घाटन


  • 1.8K
    Shares

    कपनमा बच्चपन स्कूल काठमाडौंको उद्घाटन

    काठमाडौं । कपनको बालुवाखानि स्थित बच्पन स्कूलको उद्घाघाटन गरिएको छ । बागमती प्रदेश सभासद् जयराम थापाबाट स्कूलको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमका बोल्दै सभासद् थापाले शिक्षाको परिवर्तनले मात्र देशमा परिवर्तन गर्न सकिने बताए । उनले देशमा गुणस्तरिय शिक्षाको खाँचो रहेको बताउँदै अन्तर्राष्ट्रिय स्तरको पूर्व प्राथमिक विद्यालय बच्चपन विद्यालयको स्थापन भएकोमा विद्यालयको प्रगति उन्नति तथा सफलताको शुभकामना व्यक्त गरे ।

    स्कूलका निर्देशक बिष्णु चन्द्र अधिकारीले २१ औँ शताब्दीमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उदेश्यले विद्यालयको सरुवात गरिएको बताए । अधिारीले उत्कृष्ट बालमैत्री प्ले स्कूल संचालन गर्न लागेकोमा खुशी व्यक्त गरे । बुढानिलकण्ठ वडा नम्मर १३ का वाडा अध्यक्ष टीका नारायण श्रेष्ठले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताउँदै यस्ता प्ले स्कुलहरुले उत्कृष्ट तथा माटो सुहाउँदो शिक्षा दिनपर्ने बताए ।

    त्यसैगरी तीन दिन सम्म बच्चपन प्ले स्कूल दिल्लीबाट आएका दीपेन्द्र चन्द्र रोयले शिक्षक शिक्षिका हरुलाई तालिम प्रदान गरे । उनले बाल मस्तिष्क अनुसार चौतर्फी विकासका लागि बच्चपन स्कूल काठमाण्डौले ठूलो भूमिका खेल्ने बताए । विद्यालयका प्रिन्सिपल श्री राम प्रसाद गौतमको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा करिब २५० जना अभिभावकहरुको उपस्थिति रहेको थियो ।

     

    प्रकाशित मिति :बैशाख ३१ २०८० आइतवार - १७:११:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij