Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

पूर्वगृहमन्त्री खाँणसहितका अभियुक्तलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

पूर्वगृहमन्त्री खाँणसहितका अभियुक्तलाई थप ४ दिन हिरासतमा राख्न अनुमति


  • 2.0K
    Shares

    पूर्वगृहमन्त्री खाँणसहितका अभियुक्तलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    images

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

    ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै उनीहरुलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै जिल्ला अदालतमा पेश गरेको थियो ।

    जिल्ला अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

    यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबैलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।

    प्रकाशित मिति :बैशाख ३१ २०८० आइतवार - १६:३५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij