Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

अखाद्यपदार्थ मिसावट गरी मह उत्पादन गर्ने पक्राउ

अखाद्यपदार्थ मिसावट गरी मह उत्पादन गर्ने पक्राउ


  • 1.8K
    Shares

    • images
    अखाद्यपदार्थ  मिसावट गरी मह उत्पादन गर्ने पक्राउ
    images

    बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई पक्राउ गरिएको हो । 


    सो गिरोहले घर भाडामा लिएर अखाद्यपदार्थ मिसावट गरी मह उत्पादन गरी बिक्री गर्दै आएको वडा प्रहरी कार्यालय रामनगरका प्रमुख अर्जुन पौडेलले जानकारी दिए । पक्राउ पर्नेमा भारत, विहारको विरपुरका ५२ वर्षीय मनिस धामी, ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधीर धामी, २० वर्षीय रवीन धामी, ४८ वर्षीय अरुण धामी र २८ वर्षीय वुदुवा धामी रहेका छन् ।

    प्रहरीले गस्तीका क्रममा मह उत्पादन गर्दै गरेको उद्योगमा सो गिरोहलाई फेला पारेको हो । उद्योगमा खानतलासी गर्दा चार क्विन्टलभन्दा बढी अखाद्यपदार्थ मिसावट गरेको मह फेला परेको प्रहरीले जनाएको छ । खानतलासी गर्ने क्रममा बुटवल–११ सिर्जनानगरबाट विभिन्न व्यक्तिको घरबाट अखाद्यपदार्थ मिसावट गरेको मह बरामद गरिएको वडा प्रहरी कार्यालय रामनगरले जनाएको छ । बरामद गरिएको मह परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाइएको छ ।  

    प्रकाशित मिति :बैशाख ३१ २०८० आइतवार - १६:२४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij