२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । उच्च अदालतले दाङ तुलसीपुर उपमहानगरपालिकाले गरेको शिक्षक सरुवा तथा प्रधानाध्यापक नियुक्ति कार्य रोक्न आदेश दिएको छ ।
बिहीबार माध्यमिक तथा आधारभूत तहमा शिक्षक सरुवा तथा प्रधानाध्यापक नियुक्ति गर्ने कार्य यथास्थितिमा राख्न उपमहानगरपालिकालाई अल्पकालीन आदेश दिएको हो।
हिमबहादुर डाँगीले दिएको निवेदनमा कायममुकायम मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले यस्तो आदेश दिएको हो। साथै यो विषयमा छलफलका लागि दुवै पक्षलाई जेठ १ गते बोलाइएको छ।
तुलसीपुरमा यसअघि प्रधानाध्यापक नियुक्ति तथा शिक्षक सरुवा गरिएकोमा काँग्रेस, माओवादी केन्द्रनिकटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक सङ्घ-संगठनहरूले विरोध जनाएका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij