Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

पाँच विश्वकप खेल्ने गोलरक्षक एन्टोनियो कार्बाहलको निधन

पाँच विश्वकप खेल्ने गोलरक्षक एन्टोनियो कार्बाहलको निधन


  • 2.0K
    Shares

    • images
    पाँच विश्वकप खेल्ने गोलरक्षक एन्टोनियो कार्बाहलको निधन
    images

    पाँच विश्वकप खेल्ने पहिलो फुटबलर मेक्सिकन लिजेन्ड एन्टोनियो कार्बजलको ९३ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

    पूर्व गोलरक्षक कार्बजलले ब्राजिल (१९५०) स्विट्जरल्याण्ड (१९५४), स्वीडेन (१९५६) चिली (१९६२) र इंग्ल्याण्ड (१९६६) मा गरी पाँच फिफा विश्वकप खेलेका थिए । कार्बजलको १८ वर्षको खेल करियरको अधिकांश समय मेक्सिकोको क्लब लियोनमा बितमएका थिए । जहाँ उनले १६ वर्षको बसाईमा तीन सय ६४ म्याच खेलेका थिए । लियोनले श्रद्धाञ्जलीका लागि कार्बजलको पार्थिव शरिरलाई बिहिबार आफ्नो स्टेडियममा राख्ने भएको छ । कार्बजलले मेक्सिकोका लागि ४८ तथा क्लबस्तरमा चार सय नौ म्याच खेलेका थिए ।

    सन् १९९८ मा जर्मनीका लोथर म्याथसले बराबरी गर्नुअघिसम्म कार्बजल एक्लैको नाममा ३२ वर्षसम्म सर्वाधिक फिफा विश्वकप खेल्ने कीर्तिमान कायम थियो । कार्बजल र म्याथियससँगै मेक्सिकोका राफेल माकर््वेज र एन्ड्रेस गार्डाडा, अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पाँच विश्वक खेल्ने उपलब्धी हात पारेका छन् । पाँच फिफा विश्वकप खेल्ने पहिलो खेलाडी कार्बजलको निधनमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले समेत दुख ब्यक्त गरेका छन् । एजेन्सी

    प्रकाशित मिति :बैशाख २८ २०८० बिहिवार - ११:२५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij