Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

१७ बच्चाकी आमा अझै सन्तान जन्माउने तयारीमा, नाम पनि सोचिसकिन्

१७ बच्चाकी आमा अझै सन्तान जन्माउने तयारीमा, नाम पनि सोचिसकिन्


  • 3.3K
    Shares

    १७ बच्चाकी आमा अझै सन्तान जन्माउने तयारीमा, नाम पनि सोचिसकिन्

    १७ वटा बच्चालाई जन्म दिइसकेकी अमेरिकाकी एक महिला १८ औँ बच्चाको जन्माउने तयारीमा जुटेकी छन्।

    संयुक्त राज्य अमेरिकास्थित उत्तर क्यारोलिनाको शार्लोट सहरमा बस्ने ४१ वर्षीया प्याटी हर्नान्डेज १७औँ बच्चालाई जन्म दिएपछि अर्को बच्चाको तयारीमा जुटेकी हुन्। उनको यो योजनामा पति कार्लोस पनि साथ दिइरहेका छन्। दम्पत्तिले मिलेर नयाँ जन्मिने बच्चाको नाम पनि सोचिसकेका छन्।

    आफ्नो प्रजनन क्षमता अझैँ उर्वर भएको बताउने उनी फेरि गर्भाधारण गर्नेमा विश्वस्त छिन्। परिवार नियोजन गर्न नमान्ने उनीहरू बच्चालाई परमेश्वरको प्रसाद मान्छन्। द मिररसँगको अन्तर्वार्तामा प्याटी भन्छिन्, 'हामीहरू परमेश्वरको इच्छा पूरा गरिरहेका छौँ, हामीले प्रार्थना गरेका छौँ परमेश्वरले हाम्रो परिवारलाई अझै विस्तार गर्नुहुनेछ।'

    रमाइलो के भने उनीहरू नयाँ बच्चाका लागि नाम पनि सोचिसकेका छन्। १७ वटै बच्चाको नाम बुवाको पहिलो अक्षर 'सी'बाट राखेका उनीहरू नयाँ बच्चाको नाम छोरा भएर कार्टर र छोरी भए क्लायर राख्ने योजना बनाएका छन्।

    प्रकाशित मिति :बैशाख २६ २०८० मंगलवार - १३:३७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij