Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

तलब नपाएपछि विद्यालयमा शिक्षकको अनिश्चितकालीन धर्ना सुरु

तलब नपाएपछि विद्यालयमा शिक्षकको अनिश्चितकालीन धर्ना सुरु


  • 1.9K
    Shares

    तलब नपाएपछि विद्यालयमा शिक्षकको अनिश्चितकालीन धर्ना सुरु

    जकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-४ स्थित शिवशक्ति माध्यमिक नमूना विद्यालयका अनुदान र निजी स्रोतका शिक्षक-कर्मचारी आन्दोलित भएका छन् । आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्मका तलब नपाएको भन्दै शिक्षक-कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् । 

    पठनपाठन ठप्प गर्दै शिक्षक र कर्मचारीहरु विद्यालयमै वैशाख २४ गतेदेखि अनिश्चितकालीन धर्ना बसेका छन् । यसअघि पहिलो चरणमा उनीहरुले वैशाख १९ देखि २१ गतेसम्म हातमा कालोपट्टी बाँधेर पठनपाठन गराएका थिए ।  शिक्षकहरुको आन्दोलनले पठनपाठन प्रभावित भएको छ ।

    पटक-पटक तलबभत्ता माग गर्दा विद्यालय प्रशासले आलटाल गरिरहेको उनीहरुको गुनासो छ । लामो समयदेखि तलब नपाउँदा साधारण जीवनयापनमा समस्या भएको उनीहरू बताउँछन् ।पटक-पटक मागलाई बेवास्ता गदार्ब बाध्य भएर अनिश्चितकालीन धर्ना बस्नु परेको शिक्षक फुलगेन महतोले बताए ।

    शिक्षक-कर्मचारीले वैशाख १२ गते विद्यालयका प्राधानाध्यापक प्रमोदशरण केवटलाई ज्ञापन बुझाउँदै यथाशीघ्र माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसहितको ज्ञापन पत्र बुझाएका थिए ।

    प्राधानाध्यापक केवटले केही शिक्षको तलब ११ महिनादेखि नपाएको स्वीकार गरे ।उनीहरुको माग सम्बोधन गर्न जनप्रतिनिधि र आन्दोलित शिक्षकसँग छलफल भइरहेको उनले बताए ।

    प्रकाशित मिति :बैशाख २६ २०८० मंगलवार - १३:२१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij