Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

देउवा र पौडेल मञ्चमै यसरी बाझे चर्चरी, एकले अर्कालाई छेड हान्दै गाली गरे नानाथरी   

देउवा र पौडेल मञ्चमै यसरी बाझे चर्चरी, एकले अर्कालाई छेड हान्दै गाली गरे नानाथरी   


  • 5.9K
    Shares

    देउवा र पौडेल मञ्चमै यसरी बाझे चर्चरी, एकले अर्कालाई छेड हान्दै गाली गरे नानाथरी   
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मञ्चमै चर्काचकी परेको छ  । बिहीबार पोखरामा नेपाल राष्ट्रिय मगर संघको प्रदेश स्तरीय प्रथम सम्मेलनलाई सम्बोधन गर्नै क्रममा दुई नेताले आपसमा पोलापोलसँगै एकले अर्कालाई छिर्के हाना हान गरेका हुन्  ।

    भाषणको क्रममा देउवाले संसद विघटनबारे बोल्न नहुने र अदालतको फैसला पर्खिनुपर्नेमा मत राखे भने पौडेलले संसद विघटन अलोकतान्त्रिक, असंवैधानिक भन्दै नेपाली कांग्रेसले त्यसको खुलेर विरोध गर्नु पर्ने धारणा राखे ।

    सभापति देउवा आफूले भाषण गरिसकेपछि हतारमा भएको भन्दै कार्यक्रमबाटै बाहिरिएका थिए । राष्ट्रिय मगर संघका सदस्यले देउवा र पौडेल दुवैलाई मगर समुदायको पोशाक लगाइदिँदै सँगै फोटो खिच्न आग्रह गर्दासमेत दुवै एकअर्कासँग तर्किन खाजेको प्रष्टै देखिन्थ्यो ।

    कांग्रेस अदालत जान्छ, सडकमा जाँदैन : सभापति देउवा

    ‘आफू हतारमा भएको’ भन्दै कार्यक्रमका प्रमुख अतिथि कांग्रेस सभापति शेरबहादु देउवाले शुरुमै भाषण गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर देशलाई ध्रुवीकरण गरे पनि सडकमा जुलुस लिएर जान नहुनेमा जोड दिए ।

    सभापति देउवाले संसद विघटनको विवाद अहिले अदालत गइसकेकाले आफूहरु पनि सडकमा निस्केर ओली या दाहाल–नेपालको पक्षमा उभिन नहुने तर्क राखे । ‘संसद विघटन कि पुनस्र्थापना के गर्ने भन्ने भोलि अदालतले फैसला गरिहाल्छ नि १’ उनले प्रश्न गरे, ‘सडकमा जुलुस गरेर दबाब दिइराख्ने हो भने किन अदालत चाहियो ?’

    अदालतले संसद विघटनबारे जे फैसला गरे पनि नेपाली कांग्रेसले स्वीकार तयार रहनुपर्ने सभापतिको देउवाले भनाइ राखे । ‘आन्दोलनका लागि सडकमा हाम्रा क्रियाशील कार्यकर्ता नै आउदैनन् । हामीसँग पैसा पनि छैन,’ उनले भने, ‘त्यही भएर नेपाली कांग्रेसले सडकमा गएर अदालतलाई दबाब दिने होइन । अदालतले जे भन्छ त्यै स्वीकार्ने हो ।’

    अदालतलाई धम्क्याएको होइन, आग्रह गरेको होस् वरिष्ठ नेता पौडेल

    देउवापछि मञ्चमा उक्लिएका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने संसद विघटनको विरोधमा सडकमा उत्रँदा अदालतलाई धम्क्याएको नहुने तर्क राखे । लोकतन्त्रको पक्षधर नेपाली कांग्रेस भएकाले त्यसलाई बचाउनुपर्ने उनको माग थियो ।

    ‘यो संविधान, लोकतन्त्रको सच्चा पक्षधर पार्टी नेपाली कांग्रेस हो । संसदीय व्यवस्थाको सर्वोच्चता संविधान हो । अदालतले संविधानको अक्षरसः पालना गर्नुपर्छ,’ नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले भने, ‘जनताको भरोसाको केन्द्र कांग्रेस हो । लोकतन्त्रको संरक्षण हामीले नै गर्ने हो ।’

    पौडेलले ‘लोकतन्त्रमाथि प्रहार’ भइरहँदा नेपाली कांग्रेसले हेरेर बस्न नहुने बताए । ‘योबेला अदालतले के गर्छ भनेर हेर्ने कि आफैं अग्रसर हुने हो रु’ उनले भने, ‘अदालतलाई धम्क्याएको होइन, आग्रह हो । हाम्रो जिकिर हो ।’ उनले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर संविधान र लोकतन्त्र फाल्ने नियत राखेको आरोप लगाए ।

    ‘यो संविधान र लोकतन्त्र फाल्ने नियत हो । यस्तोबेला नेपाली कांग्रेसले अदालतलाई किन खबरदारी नगर्ने ?’ संसद विघटनपछि लोकतन्त्रमाथि प्रहार भएर नेपाली कांग्रेस पीडित भएको पौडेलले बताउँदै पौडेलले भने, ‘मलाई विश्वास छ, संसद पुनस्र्थापना हुन्छ । नेपाललाई बचाउने जिम्मेवारी सर्वोच्च अदालतलाई आएको छ । हामी न्यायमूतिसँग न्याय माग्छौं ।’

    नेपाली कांग्रेस केन्द्रीय समितिले संसद विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक कदम ठहर्याइसकेकाले सभापति देउवातर्फ लक्षित गर्दै जनतालाई ‘कन्फ्युज’ नराख्न आग्रह गरे । उनले भने, ‘७ सालदेखि शहिदहरुले बलिदान दिएर ल्याएको लोकतन्त्र हो,’ उनले भने, ‘अनि यही पार्टीकै नेताले जनतालाई कन्फ्युज पार्दै हिँड्न मिल्छ ?’

    लोकतन्त्रका लागि नेपाली कांग्रेस ७० वर्षदेखि लड्दै आएकाले चुनावको पछि दौडिन नहुने पौडेलको तर्क थियो । उनले लोकतन्त्र बच्यो भनेमात्रै चुनाव हुने बताए । उनले कम्युनिस्ट सरकारले विकास गर्न नसकेर ३ वर्षमै ‘संसद फालेर’ हिँडेको आरोप लगाए ।

    प्रकाशित मिति :फाल्गुण ६ २०७७ बिहिवार - १६:४१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij