Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा हजारौँ भक्तजनको घुइँचो

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा हजारौँ भक्तजनको घुइँचो


  • 547
    Shares

    पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा हजारौँ भक्तजनको घुइँचो
    images

    काठमाडौं । दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो लागेको छ ।

    भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिधादान र पिण्डदान गर्नाले २१ पुस्ताअघिदेखिका पितृहरू तर्छन् भन्ने धार्मिक विश्वास रही आएको छ । यही धार्मिक विश्वासका कारण वैदिक सनातन हिन्दू धर्मावलम्बीको गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको छ । आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।

    सत्ययुगमा ब्रह्माले नै स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिधादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्छन् भन्ने धार्मिक विश्वासका कारण पनि भाद्रकृष्ण औंसीका दिनमा यस मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पूजारी जगदीश भट्टले जानकारी दिए ।

    यस क्षेत्रमा वैदिक सनातन हिन्दू धर्मावलम्बी मात्र होइन बिहानैदेखि बौद्ध धर्मावलम्बीको पनि भीड लागेको छ । एक वर्षभित्र पिताको दिवङ्गत भएका बौद्धमार्गी यहाँ आएर श्राद्ध र पूजाआजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु डुण्डुप लामाले बताए ।

    आजैको दिन हिन्दू धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कृत्य गर्नका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन् । कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ । त्यसैगरी आफ्ना बाबुलाई मीठो मीठो खान दिई बाबुको मुख हेर्ने पर्व पनि आज देशभर मनाइँदैछ ।

    प्रकाशित मिति :भाद्र ७ २०८२ शनिवार - ०८:३५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij