Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

यस्ता ६ सय कैदी बन्दीलाई रिहा गर्दै ओली सरकार, गृह मन्त्रालयमा पुग्यो सिफारिस 

यस्ता ६ सय कैदी बन्दीलाई रिहा गर्दै ओली सरकार, गृह मन्त्रालयमा पुग्यो सिफारिस 


  • 6.6K
    Shares

    यस्ता ६ सय कैदी बन्दीलाई रिहा गर्दै ओली सरकार, गृह मन्त्रालयमा पुग्यो सिफारिस 
    images

    काठमाडौं । भोली फागुन ७गते शुक्रबार प्रजातन्त्र दिवसको अवसरमा करिब ६ सय कैदी रिहा हुने भएका छन्। प्रजातन्त्र दिवसको अवसरमा हरेक वर्ष कैद मिनाहा गर्दै आएको सरकारले यस वर्ष करिब ६ सयलाई रिहा गर्ने तयारी गरेको हो। 

    असल चालचलन भएका, वृद्धवृद्धालगायत ६ सय जना कैदीको कैद मिनाहा हुनुपर्ने भन्दै गृह मन्त्रालयमा सिफारिस गरिएको कागागार व्यवस्थापन विभागका प्रमुख द्रोण पोखरेलले बताए ।  

    गृहमा पुगेको उक्त सिफारिस मन्त्रिपरिषद्‍बाट पास भएपछि राष्ट्रपतिले कैद मिनाहा गर्ने व्यवस्था छ ।

    भ्रष्टाचार, जबरजस्ती करणी, सरकारी लिखत कीर्ते, संगठित अपराध, मानिसको ज्यान लिने नियतले गरिएको आगजनी, राज्यविरुद्धको अपराध, युद्ध अपराध, विध्वंशात्मक अपराध वा हातहतियारसम्बन्धी अपराध, मानब बेचबिखनसम्बन्धी अपराधमा भने माफी नहुने व्यवस्था छ ।

    यसैगरी, महिलाविरुद्धको यौन शोषण वा हिंसा, बालबालिकाविरुद्धको यौन शोषण वा हिंसा, जाति हत्या, क्रुर, अमानवीय वा मानवताविरुद्धको अपराध, क्रुर हिंस्रक वा बिभत्स तरिकाले गरिएको हत्या, शरीर बन्धक तथा अपहरणसम्बन्धी अपराध, लागू औषधको कारोबार, ठगी वैदेशीक रोजगार, भन्सार चोरी निकासी पैठारी, जासुससम्बन्धी, संरक्षित वन्यजन्तुसम्बन्धी, पुरातात्विक वस्तु सम्बन्धीको अपराधमा कैद मिनाहा तथा माफी नहुने काुनूनी व्यवस्था छ।

    यी अपराधबाहेक अन्य अपराधको हकमा भने ५० प्रतिशत कैद भुक्तान गरिसकेको अवस्थामा सरकारको सिफारिसमा कैद मिनाहा  गर्न सक्ने प्रावधान छ।

    प्रकाशित मिति :फाल्गुण ६ २०७७ बिहिवार - १६:०८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij