२०८२ माघ ८ गते बिहिवार
क्रिकेटर सन्दीप लामिछानेलाई इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले सम्मान गरेको छ। ओडिआईमा सबैभन्दा छिटो १ सय विकेट लिएकोको बधाई दिँदै वर्ल्डलिंकले सन्दीपलाई सम्मान गरेको हो।
राष्ट्रिय क्रिकेट टोलीका स्पिनर समेत रहेका लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा एक विकेट लिएसँगै दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गराएका थिए।
कतार र नेपालबीचको खेल सकिएपछि मैदानमा वर्ल्डलिंकले उनलाई नगदसहित सम्मान गरेको हो। सन्दीपले ४२ खेलमा १ सय विकेट लिँदै विश्व रेकर्ड बनाएका हुन्।
यसअघि ओडीआईमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो। रसिदले ४४ खेलमा सय विकेट लिएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij