२०८२ माघ ८ गते बिहिवार
आई पे रेमिट प्रा.लि. र राष्ट्रिय वाण्ज्यि बैंक बिच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा आई पे रेमिट प्रा.लि.को कार्यकारी निर्देशक इन्द्र प्रसाद शर्मा र राष्ट्रिय वाण्ज्यि बैंक लि. का विभागीय प्रमुख ऋषि राम ढकालले हस्तमक्षर गरेका छन्।
सम्झौता अनुसार आई पे रेमिट मार्फत मलेसिया, दुबई, कतार, जापान, कोरीयाका साथै विश्वका विभिन्न मुलुक बाट पठाएको रेमिटान्स रकम नेपाल भर छरिएर रहेका राष्ट्रिय वाण्ज्यि बैंक लि.को शाखाहरु बाट सजिलै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij