Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

सात हजार मान्छेको साङ्लो बनाएर प्रचण्ड-माधवले ओलीलाई अत्याउन यसरी घेर्दैछन् टुँडिखेल

सात हजार मान्छेको साङ्लो बनाएर प्रचण्ड-माधवले ओलीलाई अत्याउन यसरी घेर्दैछन् टुँडिखेल


  • 5.9K
    Shares

    सात हजार मान्छेको साङ्लो बनाएर प्रचण्ड-माधवले ओलीलाई अत्याउन यसरी घेर्दैछन् टुँडिखेल
    images

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चौथो चरणको आन्दोलन अन्तर्गत आज काठमाडौंमा मानव साङ्गलोले टुँडिखेल घेराउ गर्दैछ । करिब ७ हजार मानव साङ्लोले टुँडिखेल घेरिने भएको छ ।

    प्रतिनिधिसभा विघटन, महँगी र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्दै आएको नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार दिउँसो चार बजेदेखि ५ बजेसम्म एक घन्टा टुँडिखेल घेराउ गर्न लागेको नेकपा केन्द्रीय कार्यालयका कार्यालय सचिब गंगालाल तुलाधरले जानकारी दिए ।

    तुलाधरकाअनुसार मानव साङ्लोका लागि उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरु परिचालन हुँदैछ ।

    मानव साङ्लोका लागि मजदुरहरु भोटाहिटीदेखि रत्नपार्कको आकाशे पुलसम्म, काठमाडौं, ललितपुर भक्तपुर जिल्ला कमिटी कार्यकर्ता रत्नपार्कको आकाशे पुलदेखि भद्रकालीसम्म खटिनेछन् ।

    यस्तै, विद्यार्थीहरु भद्रकालीदेखि सुन्धारासम्म खटिनेछन् भने बाँकी भूभागमा सम्पर्क कमिटी, जबस मोर्चाका युवाहरु रहनेछन् ।

    प्रकाशित मिति :फाल्गुण ६ २०७७ बिहिवार - १३:४५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij