Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

राशिद खानलाई पछि पार्दै सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान

राशिद खानलाई पछि पार्दै सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान


  • 1.9K
    Shares

    • images
    राशिद खानलाई पछि पार्दै सन्दीप लामिछानेले बनाए  दुर्लभ विश्व कीर्तिमान
    images

    नेपाली लेग स्पीनर सन्दीप लामिछाने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट पूरा गर्ने बलर बनेका छन् । यो उनको विश्व कीर्तिमान हो ।

    ओमानविरुद्ध १ विकेट लिएसँगै सन्दीपले ४० खेलमा सय विकेट पूरा गरेका हुन् । यो कीर्तिमान यसअघि अफगानिस्तानका रशिद खनाको नाममा थियो । उनले ४४ खेलबाट सय विकेट लिएका थिए ।

    एसीसी प्रमियर कप अन्तर्गत ओमानविरुद्धको खेलमा सन्दीपले कीर्तिमानी विकेट हात पारेका हुन् ।सन्दीप र रशिदपछि अस्ट्रेलियाका मिचेल स्ट्राक ५२ खेलमा १ सय विकेट पूरा गरेर तेस्रो स्थानमा छन् । 

    उनले २०१६ मा श्रीलंकाविरुद्ध विकेट लिँदै रेकर्ड बनाएका थिए । तर राशिदले वेस्ट इण्डिजविरुद्ध २०१८ मा जिम्बावेको हरारेमा स्ट्राकको रेडर्क तोड्दै कीर्तिमान आफ्नो नाममा लेखाएका थिए । 

    छिटो ५० विकेट लिनेमा पनि सन्दीप दोस्रो

    सन्दीप एकदिवसीयमा  छिटो ५० विकेट लिने दोस्रो खेलाडी पनि हुन् । २०२२ मा पपुवा न्यगिनीविरुद्ध २२ खेलमा सन्दीपले ५० विकेट पूरा गरेका थिए । 
    सन्दीप अगाडि श्रीलंकाका अजन्था मेन्डिसको नाममा यो कीर्तिमान छ । उनले १९ खेलमा ५० विकेट लिएका थिए ।
     

    प्रकाशित मिति :बैशाख ८ २०८० शुक्रवार - १३:२१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij