Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

गृहमन्त्रीलाई भेट्न पुगेका महिलालाई बादलले मुन्टो घुमाएर सोधे- ‘तपाईंहरू पनि असुरक्षित हुनुहुन्छ र ?’

गृहमन्त्रीलाई भेट्न पुगेका महिलालाई बादलले मुन्टो घुमाएर सोधे- ‘तपाईंहरू पनि असुरक्षित हुनुहुन्छ र ?’


  • 5.4K
    Shares

    गृहमन्त्रीलाई भेट्न पुगेका महिलालाई बादलले मुन्टो घुमाएर सोधे- ‘तपाईंहरू पनि असुरक्षित हुनुहुन्छ र ?’
    images

    मुलुकमा बढ्दै गएको महिला हत्या,हिंसा र बलात्कारका घटनाबारे सरकारको ध्यानाकर्षण गराउन मंगलबार गृह मन्त्रालय पुगेका नेपाल बार एसोसिएशन, महिला समितिका पदाधिकारीहरूसहितको टोलीलाई गृहमन्त्री रामबहादुर थापाले एकाएक सोधे ‘तपाईंहरू पनि असुरक्षित हुनुहुन्छ र ?’ मन्त्री थापाको भाव र आशय गृह मन्त्रालय पुगेका महिला वकिलहरू आफैँ पीडित भएर बादल समक्ष अनुनय विनय गर्न गएकोझैँ देखिन्थ्यो ।

    गैरजिम्मेवार अभिव्यक्ति आउने पूर्वाभ्यास भएकाले महिला कानुन व्यवसायीहरूले गृहमन्त्रीसँग शुरुमै आक्रोश पोख्दै भनेका थिए ‘मुलुकमा दिनदिनै बढेको बलात्कार र महिला हिंसाको घटना न्यूनीकरणका लागि सरकारको कुनै ताकत अर्थात् स्रोत,साधन र कानुन छैन मन्त्रीज्यू ? कि ल्याकत अर्थात् इच्छाशक्ति नभएको हो ?’

    झण्डै चार दर्जन कानुन व्यवसायीको आक्रोश सुन्ने बित्तिक्कै रक्षात्मक अवस्थामा पुगेका  मन्त्री यु टर्न भएर निर्मला पन्त हत्याको सन्दर्भ जोड्दै भन्न थाले ‘त्यस्तो हुँदैन, पन्तकोमा अलिकति कमजोरी भएकै हो । अहिले (भागरथी भट्ट) चाँहि हामी अनुसन्धान गर्दैछौं । घटनासँग सम्बन्धित अपराधीहरूको नजिक पुगेका छौं ।’

    ‘त्यसोभए कहिलेसम्म अपराधीलाई कठघरामा उभ्याउनुहुन्छ ? एक हप्ता,एक महिना वा कति समयमा ?,’ भन्दै महिला कानुन व्यवसायीहरूले थपे, ‘भोलि फेरि एउटा बहाना बनाएर उम्किन कोशिस गर्ने त होइन नि रु किनभने हामी लयरहरू मुद्दा हेर्छौं,हेरिरहेका छौं । पीडितहरूले बलात्कारमा कस्तो पीडा भोगेको हुन्छ भन्ने कुरा हामीले जतिको महसुस कसैले गरेको छैन ।’
    संवेदनशील विषयमा मन्त्रीको भनाई त्यति जिम्मेवार नरहेको उनीहरूको बुझाई छ । मन्त्रीले त्यहि क्रममा भने ‘त्यसोभए तपाईंहरू पनि अप्ठेरोमा हुनुहुन्छ र ?’

    मन्त्रीको भनाईले थप चिढिएका महिला कानुन व्यवसायीहरूले जवाफ फर्काए ‘हामी आफैँ बलात्कार भयो भनेर यहाँ आएका होइनौं । दुई दिनअघि ७५ वर्षकी बृद्ध महिला शौचको लागि उखुबारीमा जाँदा भएको बलात्कारको घटनालाई कसरी लिनुभएको छ रु उता,भागरथीको दर्दनाक अवस्था छुट्टै छ ।’

    त्यसपछि गम्भीर हुँदै मौन देखिएका थापाले भने ‘ल ठीक छ,हामी गर्छौं ।’

    मुलुकमा बढ्दै गएका बलात्कारलगायतका महिला हिंसा, अपराध नियन्त्रण र सरकारको जवाफदेहिता सम्बन्धमा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका नेपाल बार एसोसिएशन महिला समितिका पदाधिकारीहरूले मुलुकमा भएको महिलामाथि भएका अपराधको पछिल्लो श्रृंखलाको अभिलेख नै देखाएका थिए ।

    प्रकाशित मिति :फाल्गुण ६ २०७७ बिहिवार - १२:४९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij