२०८२ मंसिर ५ गते शुक्रवार
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा मङ्गलबार दिउँसोबाट बैठक सुरु भएको हो ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्री नियुक्तिसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाए ।
सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८–०७९’’ पेस गर्नुहुने कार्यसूची रहेको जानकारी दिए ।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७७ माथि विचार गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गरे छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij