Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टोली घोषणा (नामावलीसहित)

एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टोली घोषणा (नामावलीसहित)


  • 2.4K
    Shares

    एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टोली घोषणा (नामावलीसहित)
    images

    काठमाडौंमा हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोली घोषणा भएको छ ।नेपाल क्रिकेट संघ क्यानले कप्तान रोहित पौडेलको नेतृत्वमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

    यसअघि घरेलु मैदानमा भएको लीग टू अन्तिम सिरिजमा सहभागिता जनाएकै खेलाडीहरूले यसपटक पनि अन्तिम १४ मा स्थान बनाएका छन् ।

    टोलीमा कप्तान पौडेलका अलावा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जीसी र ललित राजवंशी छन् ।

    वैकल्पिक खेलाडीका रूपमा अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतोले स्थान बनाएका छन् । प्रतियोगितामा नेपालसहित १० एसोसिएट टीम सहभागी छन् ।

    प्रकाशित मिति :बैशाख ३ २०८० आइतवार - १४:५४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij