२०८२ मंसिर १ गते सोमवार
नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष बन्न ४ जनाले उम्मेदवारी दिएका छन्। चन्द्र ढकाल नेतृत्वको कार्यसमिति सदस्यहरुले मतदान गर्ने निर्वाचनमा ४ जनाले उम्मेदवारी प्रस्तुत गरेका हुन्।
कार्यसमिति सदस्यमा निर्वाचित निरक केसी, प्रवलजंग पाण्डे, गोपाल खनाल र सन्दीप गाडियाले उम्मेदवारी दिएका हुन्।
केसी अध्यक्ष ढकालनिकट हुन् भने पाण्डे वरिष्ठ उपाध्यक्षनिकट हुन्। पाण्डेले अञ्जनको टिमबाट एशोसिएटमा उम्मेदवारी घोषणा गरे अन्तिममा फिर्ता लिएका थिए।
मेगा कलेज र मेगा बैंकमा सेयर रहेका गोपाल खनाल चण्डी ढकालनिकट रहेका छन्। सन्दीप गाडिया वरिष्ठ उपाध्यक्षमा पराजित रामचन्द्र संघाई नजिकका व्यवसायी हुन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij