२०८२ माघ १३ गते मंगलवार
प्रतिनिधिसभाको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेश्रो संसोधन) विधेयक २०७७ र भष्टाचार निवारण पहिलो संशोधन २०७७ का सम्बन्धमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त विधेयक सभामा टेबुल भएको छ ।
आइतबार बसेको बैठकमा गत चैत २९ गतेको बैठकमा गणपुरक संख्या नपुगेका कारण प्रस्तुत गर्न नसकिएको राष्ट्रियसभाबाट सन्देश सहित प्राप्त सुरक्षण मुद्रण २०७७ सम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको छ ।
सो विधेयकमाथि संशोधनका लागि ७२ घण्टाको समय दिइएको छ । प्रतिनिधिसभाको अर्को बैठक २०८० साल वैशाख ५ गते मंगलबार दिउँसो १ बजेका लागि तोकिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij