Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित


  • 1.7K
    Shares

    प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित
    images

    प्रतिनिधिसभाको आजको बैठकले नेपाली कांग्रेसबाट २०१५ सालमा धनकुटाबाट निर्वाचित पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा  शोक प्रस्ताव पारित गरेको छ ।

    बैठकमा सभामुख देवराज घिमिरेले उनको निधनप्रति शोक प्रकट गर्न प्रस्तुत गरेको प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो । 

    प्रजातन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका तुम्बाहाम्फेको गत चैत २४ गते ९७ वर्षको उमेरमा निधन भएको हो । 

    बैठकमा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गर्न एक मिनेट मौन धारण गरिएको थियो । रासस

    प्रकाशित मिति :बैशाख ३ २०८० आइतवार - १४:२१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij