२०८२ मंसिर १ गते सोमवार
प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाबीच आइतबार बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच छलफल भएको हो।
दुई नेताबीच मन्त्रिपरिषद् विस्तार र संसद्मा विचाराधीन रहेको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे छलफल भएको बताइएको छ। प्रधानमन्त्री प्रचण्डले आज परराष्ट्रमन्त्री नियुक्त गर्दैछन्। नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री नियुक्त हुने सम्भावना छ।
पछिल्लो समय कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे छलफल हुँदै आएको छ। आइतबार पनि प्रधानमन्त्री प्रचण्ड तथा देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ओलीको निवास, भक्तपुरको बालकोटमा भेटवार्ता हुने तय भएको थियो।
तर आइतबार बालकोटमा तय भएको भेटमा प्रधानमन्त्री प्रचण्ड र देउवा सहभागी भएनन्। बालकोट नगएका दुवै नेताले बालुवाटारमा छलफल गरेका हुन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij