Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

पन्तले सुनाए संसदमा प्रधानमन्त्री हराएको सूचना

पन्तले सुनाए संसदमा प्रधानमन्त्री हराएको सूचना


  • 1.9K
    Shares

    पन्तले सुनाए संसदमा प्रधानमन्त्री हराएको सूचना
    images

    नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधि सभाको शून्य समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना प्रस्तुत गरेका छन्। आइतबारको शून्य समयमा उनले ब्यंग्यस्वरुप सूचना प्रस्तुत गरेका हुन्।

    प्रचण्ड केही दिनअघि संसद् भवनमा झुलुक्क देखिएको र हाल आउनै छाडेको उनको ‘सूचना’मा उल्लेख छ। ‘उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला,’ उनले भने।

    यस्तो छ पन्तको सूचना-
    नागरिकताको नाम श्री पुष्पकमल दाहाल। चलनचल्तीको नाम प्रचण्ड। स्थायी ठेगाना फेरिइराख्ने। अस्थायी ठेगाना कहिले खुमलटार, कहिले बालुवाटार। हुलिया पहिलेपहिले कोट प्यान्ट लगाउने गरे पनि हाल दौरा सुरुवाल र टोपी पनि लगाउने। उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने।

    उहाँ केही दिनअघि प्रतिनिधि सभा बैठकमा झुलुक्क देखिएर हाल संसद्‌मा आउनै छोडेकोले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला। उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाउ।

    धन्यवाद।

    प्रकाशित मिति :बैशाख ३ २०८० आइतवार - १३:०७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij