Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ


  • 1.4K
    Shares

    रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ
    images

    काठमाडौँ । रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ परेका छन् ।

    रौतहटको गढीमाई नगरपालिका ८ स्थित सडक विस्तारको क्रममा भएको झडपमा गोली चलाएको उनीहरू पक्राउ परेका हुन् ।

    शनिवार दिउसो झडपमा चलेको गोली लागेर स्थानीय ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको थियो । स्थानीय निरञ्जन राय यादव र प्रताप यादवलाई पनि गोली लागेको छ ।

    प्रहरीका अनुसार गोली लागेर घाइते निरञ्जन, रामकुमार र अन्य दुई घाइतेको उपचार गरुढास्थित ग्राण्डि अस्पतालमा भइरहेको छ । निरञ्जनको अवस्था गम्भीर छ ।

    उक्त गोली काण्डमा संलग्न रहेको आरोपमा १६ जना पक्राउ परेका प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :बैशाख ३ २०८० आइतवार - १०:३१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij