Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

पोखराका होटलमा ९० प्रतिशत पर्यटक, व्यवसायी भन्छन्– फेवा नववर्ष महोत्सवले पर्यटकको चहलपहल बढ्दो छ 

पोखराका होटलमा ९० प्रतिशत पर्यटक, व्यवसायी भन्छन्– फेवा नववर्ष महोत्सवले पर्यटकको चहलपहल बढ्दो छ 


  • 1.8K
    Shares

    पोखराका होटलमा ९० प्रतिशत पर्यटक, व्यवसायी भन्छन्– फेवा नववर्ष महोत्सवले पर्यटकको चहलपहल बढ्दो छ 

    गण्डकी । नयाँ वर्ष २०८० को आगमनसँगै पोखराका होटल क्षमताको ९० प्रतिशत बढी भरिएका छन् । कोरोनाका कारण लामो समयसम्म प्रभावित यहाँको पर्यटन गत माघ १ गते भएको यती एयरलायन्सको विमान दुर्घटनापछि झनै सुस्ताएकामा नयाँ वर्षको आगमनले उत्साह थपेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

    पोखरा र आसपास गरी यहाँ ठूला–साना गरी लगभग एक हजार दुई सय होटल सञ्चालनमा छन् । उहाँले नयाँ वर्षको आगमनसँगै देखिएको पर्यटकको चापले आफूहरूलाई उत्साहित बनाएको उहाँले बताए ।

    “नयाँ वर्षका कारण यतिखेर लेकसाइडका होटल लगभग शतप्रतिशत  भरिएका छन्”, उनले भने, “लेकसाइडमात्र नभई पोखरा र आसपासका होटलसमेतको अक्युपेन्सी हेर्दा ९० प्रतिशतभन्दा बढी देखिन्छ ।”

    नयाँ वर्षको अघिल्लो दिन चैत ३० गते र वैशाख १ गते लेकसाइड क्षेत्रमा पर्यटकको चापका कारण कोठा पाउन मुस्किल भएको होटल एसियाका सञ्चालक धर्मराज पन्थीले जानकारी दिए । नयाँ वर्षको आगमनलाई लक्षित गरी आयोजित फेवा नववर्ष महोत्सवका कारण पनि आन्तरिक पर्यटकको चहलपहल बर्सेनि बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन् । 

    प्रकाशित मिति :बैशाख ३ २०८० आइतवार - ०९:४६:०० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij