Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

प्रधानसेनापति र अस्ट्रेलियाकी राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानसेनापति र अस्ट्रेलियाकी राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?


  • 1.8K
    Shares

    प्रधानसेनापति र अस्ट्रेलियाकी राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?
    images

    प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले भेटघाट गरेकी छन् । राजदूत भोल्कले बिहीबार प्रधानसेनापति शर्मासँग नेपाली सेनाको मुख्यालय जंगीअड्डामा शिष्टाचार भेटघाट गरेकी हुन् । 

    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति र राजदूतबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ ।

    'प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ,' निर्देशनालयले जानकारी दिएको छ ।

    प्रकाशित मिति :चैत्र ३० २०७९ बिहिवार - १५:४४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij