Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बैंकको ब्याजदर एकल अंकमा झर्‍यो, वैशाख एकदेखि कार्यान्वयन हुने

बैंकको ब्याजदर एकल अंकमा झर्‍यो, वैशाख एकदेखि कार्यान्वयन हुने


  • 2.9K
    Shares

    बैंकको ब्याजदर एकल अंकमा झर्‍यो,  वैशाख एकदेखि कार्यान्वयन हुने

    काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बुधबार बसेको बैंकर्स संघको निर्णयअनुसार नै बैंकहरुले वैशाख महिनाका लागि एकल अंकमा झर्ने गरी निक्षेपको ब्याजदर घटाएका हुन् ।

    बैंकहरुले बिहीबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत कायम भएको छ । यो यसअघिको ब्याजदर भन्दा १.०१ प्रतिशतले कम हो । यस्तै संस्थागत निक्षेपमा बैंकहरुले ७.९९ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

    वाणिज्य बैंकहरुले चैत महिनाका लागि मुद्दती निक्षेपमा अधिकतम ११ प्रतिशत ब्याजदर प्रदान गरिरहेका थिए भने संस्थागत निक्षेपमा ९ प्रतिशत ब्याजदर प्रदान गर्दै आएका थिए ।

    यस्तै, साधारण बचतमा ६.५ प्रतिशतदेखि ८.४३ प्रतिशत ब्याजदर प्रदान गरिरहेका बैंकहरुले आगामी वैशाख १ गतेदेखि न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर मात्र प्रदान गर्ने भएका छन् । 

    बैंकहरुबीचको भद्र सहमतिअनुसार कल निक्षेपमा भने बचतको तल्लो सीमाको ५० प्रतिशत हुनेगरी ब्याजदर निर्धारण गर्ने भएका छन् ।

    नयाँ ब्याजदर शुक्रबार अर्थात् भोलि वैशाख १ गतेबाट कार्यान्वयनमा जानेछ । निक्षेपको ब्याजदर घटेसँगै उता कर्जाको ब्याजदर समेत केही प्रतिशत घट्ने भएको छ । 

    प्रकाशित मिति :चैत्र ३० २०७९ बिहिवार - १३:०६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij