Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

तत्काल संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघले प्रधानमन्त्रीलाई बुझायो यस्तो ज्ञापनपत्र

तत्काल संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघले प्रधानमन्त्रीलाई बुझायो यस्तो ज्ञापनपत्र


  • 2.5K
    Shares

    तत्काल संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघले प्रधानमन्त्रीलाई बुझायो यस्तो ज्ञापनपत्र

    नेपाल शिक्षक महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष आफ्नो ध्यानाकर्षण पत्र बुझाएको छ । संघीय शिक्षा ऐन तत्काल जारी गर्न माग सहित पूर्व सहमतिको स्मरण गराउँदै ज्ञापनपत्र बुझाएको हो।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र  महासंघ विच २०७५ फाल्गुण ९ गते ३० बुँदामा र २०७८ फाल्गुण ९ गते ५१ बुँदामा  भएको सहमतिको महासंघले स्मणर गराएको छ ।

    सो ज्ञापनपत्रमा स्थायी, अस्थायी–करार, राहत, साविक उमावि, बालकक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका सबै मुख्य समस्याको सम्बोधन हुने पत्रमा उल्लेख गरिएको छ ।

    ‘सहमतिको कार्यान्वयन नेपालको विद्यालय शिक्षाको समयोचित विकासमा विशेष सकारात्मक फड्को हुनेछ । यसबाट एकै खालको सेवा, शर्त र सुविधा पाउने शिक्षक तथा शिक्षकको जस्तै सुविधा पाउने विद्यालय कर्मचारीको प्रबन्ध गर्ने नेपाल शिक्षक महासंघको अभियान पनि सार्थक हुनेछ । त्यसैले ती सबै सहमतीहरु कार्यान्वयन हुने गरी अविलम्ब नयाँ सङ्घीय शिक्षा ऐन जारी गर्न हामी जोडदार माग गर्दछौं ।’

    प्रकाशित मिति :चैत्र २८ २०७९ मंगलवार - १३:२३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij